बैशाख १४, २०७८ मंगलबार

 मोरङका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको धरानस्थित विपी कोइराला प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ।

विराटनगर महानगरपालिका-१५ का ती पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार मृतकलाई ७ गते कोरोना पुष्टि भएको थियो। उनी विराटनगरको नोबल अस्पतालबाट रिफर भएका थिए। उनलाई विपी कोभिड अस्पतालमा ९ गते भर्ना गरिएको थियो।

यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ।