काठमाण्डौ। नुवाकोटमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।सोमबार विदुर नगरपालिका वडा नम्बर ९ का ७५ वर्षिय एक बृद्धाको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
यसअघि शिवपुरी गाउँपालिकाका एक बृद्धाको पनि यसअघि कोरोना भाइरसको कारण ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।