बैशाख १०, २०७८ शुक्रबार

सल्यानका एक र बाँकेका दुई जना संक्रमितको मृत्यु भएको हो।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय मानबहादुर पुनको शुक्रबार बिहान मृत्यु भएको बताए।

साथै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ वर्षीय वीरबहादुर नेपाली र बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको वलीले बताए।

सल्यानका नेपाली र बाँकेकी पाठकको बिहीबार राति नै मृत्यु भएको वलीले बताए।

बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो समय बाँकेमा तीव्र रुपमा कोरोना संक्रमन बढेपछि अस्पतालहरु बिरामीले भरिभराउ छन्। बिरामीले अक्सिजन र बेड पाउन मुस्किल परेको नेपालगन्ज भेरी अस्पतालका सुपरिटेन्डेन्ट डा। प्रकाश थापाले बताए।