कोरोनाबाट स्टाफ नर्सको मृत्यु भएको छ।
दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको सोमबार बिहान ११ बजेतिर भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु डा। प्रकाश थापाले ६ दिनदेखि भेरीमा उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको जानकारी दिए ।
‘दाङबाट नै कोरोना भएर यहाँ ल्याइएको थियो, ६ दिनसम्म उपचार गरियो, बचाउन सकिएन,’ मेसु डा थापाले भने । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।