बैशाख ६, २०७८ सोमबार

बाँकेमा कोरोना संक्रमित ७५ वर्षीय बृद्धको मृत्यु भएको छ। कोहलपुर नगरपालिका १४ का ७५ वर्षीय बृद्धको घरमै मृत्यु भएको हो।

वैशाख ५ गते कोहलपुर मेडिकल कलेजमा कोरोना पुष्टि भएका बृद्धलाई घरमै राखिएको थियो। उनको आइतबार राति १२ बजेतिर घरमै मृत्यु भयो।

बृद्ध दीर्घरोगी थिए। उनको भारतमा उपचार गराइएको थियो । बैशाख ४ गते भारतबाट घरमा ल्याइएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ।