पछिल्लो २४ घण्टामा ८ सय ४३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ जनाको परीक्षण गर्दा ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४५ पुगेको छ । सोही अवधीमा २ सय २६ जना सङ्क्रमण मुक्त भएका छन् । यो सँगै सङ्क्रमण मुक्त हुनेको सङख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म ३ हजार ७५ जनाको मृत्यु भएको छ ।