बैशाख ३, २०७८ शुक्रबार

काठमाडौँँ । पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ३४८ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौँका २८६, ललितपुरका ४३ तथा भक्तपुरका १९ जनामा संक्रमण पुष्टि भएको हो। उपत्यकामा संक्रमितको संख्या ३४८ पुगेको छ। शुक्रबार २०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ।

हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३७ पीसीआर परीक्षण गरिएको छ भने ६ सय २१ एन्टिजेन परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ।