काठमाडौं । पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ३ जनामा परीक्षण गर्दा ५१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयले ४ हजार ३ सय ८६ पिसिआर र ८ सय १७ एन्टिजेन परीक्षण गरिएको जनाएको छ । पिसिआर परीक्षण गराएकामध्ये ४ सय ६० जना र एन्टिजेन परीक्षण गराएकामध्ये ५७ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ । यस्तै आज १ सय ५३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय आठ रहेको मन्त्रालयले जनाएको छ यता, पछिल्लो २४ घण्टामा पाँच सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५८ पुगेको छ ।