काठमाण्डौं । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सावधानी अभियान सुरु गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस संक्रमण रोकथाम तथा सुरक्षित बनाउन जनचेतनामूलक अभियान सुरु गरेको हो ।
ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले विश्वमा माहामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियानको सुरुवात गरिएको बताए । कारोनाको संक्रमण बढी यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्ने उनको जोड छ ।
सम्पूर्ण चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।