चैत ३०, २०७७ सोमबार

धनगढीको सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलालीको गोदावरी नगरपालिका-३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए।

आइतबारमात्रै उनको परीक्षण गर्दा कोराना देखिएको थियो। संक्रमित भएपछि उनी गएराति ८ बजेतिर अस्पतालमा भर्ना भएका थिए। उनको रातिदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।

ती पुरुषमा एक्कासी श्वासप्रश्वास र कडा खालको निमोनियाको समस्या देखिएपछि उनको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।