काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४,१०० जनामा परीक्षण गर्दा ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार आठ सय नौ पुगेको छ ।
यस्तै आज ७४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार पाँच सय २९ पुगेको छ ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय एक रहेको मन्त्रालयले जनाएको छ ।