चैत २४, २०७७ मंगलबार

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४,२४३ वटा पीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या २,७८,४७० पुगेको छ ।

त्यस्तै आज संस्थागत तथा होम आइसोलेसनबाट ११३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको कुल सङ्ख्या २,७३,४५५ पुगेको छ । यो कोरोना सङ्क्रमणबाट निको हुने दर ९८ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।