बलिउड अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
उनले स्वास्थ्य सम्बन्धी सबै नियमको पालना गरेर आफूलाई आइसोलेट गरेको बताएका छन्। आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको उनले बताएका छन्।
पछिल्लो समय भारतमा कारोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।