चैत २०, २०७७ शुक्रबार

मेलम्ची : मेलम्ची नगरपालिका वडा नं ९ ,ज्यामिरे खड्काथोकमा नेपाल भारत सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई मार्फत १५ महिनाको समयसीमामा कार्य सम्पन्न गर्न झण्डै २ करोड ८३ लाखमा न्यू ड्रागन कम्पनि प्रालिले ठेक्का पाएको ज्यामरे स्वास्थ्य चौकी भवनको सिल्यान्यास कार्यक्रम आज सम्पन्न भएको छ । 

मेलम्ची नगरपालिका वडा नं ९ का वडाध्यक्ष श्री कमलवहादुर खड्काको सभापतित्वमा संचालन उक्त कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगर प्रमुख श्री डम्वर वहादुर अर्यालले गुणस्तर भवनमा गुणस्तरीय स्वास्थ्य सेवाका साथ समयमै कार्य सम्पन्न का लागि जोड दिनु भयो । 

विशेष अतिथि पुनर्निर्माण प्राधिकरण (DLPIU)का प्रमुख श्री सन्तोष निरौलाले सामाग्री सहित २ आवाषीय कोठा समेत गरि जम्मा १४ कोठा हुने उक्त भवनले २७३३ स्क्वायर फुट ओगट्ने वताउनु भयो भने सामाग्री तथा कुल लागत समेत प्रस्टाउनु भएको थियो । 

त्यसै गरि विशेष अतिथि न्यू ड्रागन कम्पनि प्रालिका म्यानेजिङ डाईरेक्टर श्री अर्जुन चौलागाईले  १५ दिन ढिला भईसकेता पनि अन्य ६ स्थानमा भन्दा यस  स्थानमा छिटो कार्य सुचारु भएकोमा जग्गादाता तथा सम्बन्धित सबैमा धन्यवाद दिदैँ कार्य सम्पन्नमा सबैको साथ र सहयोग अपरिहार्य भएको वताउनु भयो । 

अतिथि जग्गा दाता श्री रामचन्द्र गिरीद्वारा १-०-३-० क्षेत्रफल जग्गा दान गर्नु भएकोले स्वागत मन्तव्यमा  भौगोलिक हिसावले पनि सवैको पहुँचमा रहने कुरा बताउनु भयो । उक्त कार्यक्रममा स्वास्थ्य , शिक्षा लगायत अन्य महानुभावहरुको उपस्थित रहेको थियो ।