जेठ १८, २०७९ बुधबार

काठमाडौं । नेपालमा गत २४ घण्टामा जम्मा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ९२९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ९१३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हाल ९८ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ११ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । त्यस्तै, गत चौबीस घण्टामा थप ३ लाख ३ हजार ७५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।