बैशाख ३१, २०८३ बिहिबार

बरहथवा (सर्लाही), ३१ वैशाखः यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो । 

ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार  बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।