चैत १३, २०७७ शुक्रबार


काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण नेपाल बाहेक विश्वका अन्य २१ मुलुकमा ३४१ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार हालसम्म नेपाल बाहेक विश्वका ५३ देशमा रहेका ६३ हजार ३ सय ७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रत्येक दिन विदेशमा संक्रमित हुने नेपालीको संख्या बढ्दो छ। एनआरएनएले सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ।