नवलपुर : सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा न.३ कुन्चोकको आयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौको प्राबिधिकको सहयोगमा खुतुमेडाँडा स्वास्थ्य चौकीमा ३ दिने निशुल्क आँखा सम्बन्धि चेकजाच तथा सल्यक्रियाको आज समापन भएको छ ।
३ दिन देखि सुरु भएको निशुल्क आँखा शिविरमा कुल ५६५ परिक्षण गराएका थिए । जसमा २२ जनाको सफल सल्यक्रिया समेत गरिएको छ । स्वास्थ्य स्वयंसेवीका संगिता कुवँर थापाले दिएको जानकारी अनुसार उक्त शिविरमा तीन नम्बर वडाका वडा अध्यक्ष देव प्रसाद बाँनिया , जिल्लाका संञ्चार कर्मी तथा रेडक्रस सोसाइटीका राजेन्द्र ताल्चाभडेल लगाएतको सहभागीता रहेको थियो । साथै उक्त शिविर यहाँ सम्म ल्याउनको लागि यस आयोजक क्याम्पका संयोजक चेतनाथ गिरीको ठूलो भुमिका रहेको समेत बताउनुभयो ।