चैत ११, २०७७ बुधबार

काठमाडौं : नेपालमा बुधबार थप १४५ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज बुधबार ३९६३ पिसिआर परीक्षण गर्दा १४५ सङ्क्रमित फेला परेका हुन् ।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ ।

यस्तै आज ९० सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार एक सय ८७ पुगेको छ ।

हाल एक हजार १८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । आज कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २० पुगेको छ ।