काठमाडौं : जनसम्पर्क समिति जर्मनीले नेपाली कांग्रेसका नेता नविन्द्रराज जाेशीकाे स्वास्थ्य लाभकाे कामना गरेकाे छ । पूर्व उद्योग मन्त्री समेत रहेका जाेशी हाल नर्भिक अस्पतालमा उपचारारत छन् ।
जाेशीकाे स्वास्थ लाभकाे कामना गर्दै जर्मनकाेे हाम मन्दिरमा पूजा गरिएकाे जनसम्पर्क समिति जर्मनीका प्रवक्ता सिजन दाहालले जानकारी दिए । `` नविन्द्रराज जाेशीजस्ताे असल नेता देशलाई आवश्यक छ । उहाँकाे स्वास्थ लाभका कामनाका लागि हामीले पूजा गरेका हाैं, ´´ दाहालले भने । 