नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको छ।
हाल देशभर १ हजार १७ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार ४ सय ७२ पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप तीनजनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ।
काठमाडौँ उपत्यकामा थप ८४ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ५१, ललितपुरका २२ तथा भक्तपुरका ११ जनामा संक्रमण पुष्टि भएको हो।