चैत ११, २०७८ शुक्रबार

४३४२ जनामा गरिएको नमूना परीक्षणमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा  कसैको मृत्यु भएन । 

मन्त्रालयका अनुसार अहिले देशभर १९६० जना सक्रिय संक्रमित रहेका छन् भने ६४३४७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।