चैत ६, २०७७ शनिबार

 काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्च काठमाडौं जिल्ला समितिले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे देखि शान्तिबाटिकामा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको सभापतित्व बीपी कोइराला युवा नेतृत्व विकास मञ्च काठमाडौंका अध्यक्ष वरुण केसीले गर्नु भएको थियो भने सञ्चालन कार्यक्रम संयोजक प्रवीण घिमिरेले गर्नु भएको थियो । नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलिया, पूर्व महामन्त्री गजेन्द्र कार्की लगायत विभिन्न भातृ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको र ७५ जनाले रक्तदान गरी कार्यक्रम सम्पन्न भएको नेविसंघका पूर्व केन्द्रीय सदस्य पूजन गन्धर्वले जानकारी दिनु भएको छ । कोभिड -१९, कोरोना भाइरसको माहमारीको कारण ब्लड बैंकहरुमा सहजै रगत उपलब्ध नभएको र अति जटिल बिरामीहरुको लागि पनि रगत उपलब्ध गराउन कठिन भएकोले संस्थाले रक्तदान कार्यक्रम नै आयोजना गरेको  संस्थाका केन्द्रीय कोषाध्यक्ष भरत खड्काले बताउनु भएको थियो ।