चैत ४, २०७७ बुधबार

काठमाडौं : नेपालमा बुधबार थप ९४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्याण मन्त्रालयका अनुसार आज दुई हजार सात सय ८१ पिसिआर परीक्षण गर्दा ९४ जना सङ्क्रमित फेला परेका हुन् ।


यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार पाँच सय १८ पुगेको छ । यस्तै आज ५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार पाँच सय ५० पुगेको छ ।