काठमाडौँ : डाक्टर गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । आज मङ्गलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बि एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिए आफू फेरि अनशन बस्ने जनाएका हुन् । उनले सम्बन्धन दिनकै लागि प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएको आरोप पनि लगाएका छन् ।
डा.केसीले विज्ञप्तिमा कलेजलाई अवैधरूपमा सम्बन्धन दिलाउनका लागि भोलि चैत ४ गते चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर प्रधानमन्त्री आफैँले चिकित्सा शिक्षा आयोगको बैठक बोलाउन लगाएको सूचना पाएको बताएका छन् ।