काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३११ जनामा गरिएको कोरोना परिक्षणमध्य ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ । यस्तै सोमबार नै ७५ जना संक्रमितहरु कोरोना मुक्त भएका छन् । निको हुनेको कुल संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ ।
नेपालमा हालसम्म ३ हजार १४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । सोमबार भने मृत्यु संख्या शून्य छ । सक्रिय संक्रमितको संख्या ८९५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।