माघ ३, २०७८ सोमबार

अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको सरकारले चालेको थियो तर गत भदौ महिनामा सुरु भएको अक्सिजन प्लान्टले अझै पूर्णत पाउन सकेको छैन तर जिल्लामा कोरोनाको दर पुनः उकालो लाग्न थालेको छ । अहिलेसङ्क्रमणको दर ८८ पुगेको छ । आइतबारमात्रै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० मा सङ्क्रमण पुष्टि भएको छ । 

 

अहिलेसम्म अक्सिजन प्लान्टले अक्सिजन उत्पादन नगर्दा समस्या पर्ने देखिएको छ । रासस