पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९६१ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ । आज १२ हजार ५६२ पीसीआर परीक्षणमा ४ हजार ५३४ र २ हजार ५६९ एन्टीजेन परीक्षणमा ४२७ जनामा गरी सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्।
यस्तै कोरोना भाइरसबाट आज तीन जनाको मृत्यु भएको छ भने ४३५ जना डिस्चार्ज भएका छन्। आज देशभर २५ हजार ६८० सक्रिय सङ्क्रमित रहेका छन्।
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४७ जनामा सङ्क्रमण पुष्टि भएको छ।