पुस २७, २०७८ मंगलबार

नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६४८ जनाको पीसीआर परीक्षणमा १९८१ र ४ हजार ३८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६३ जना गरि कुल २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हाल ९ हजार ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।