पुस २७, २०७८ मंगलबार

 काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइँदैछ । भक्तपुरमा अस्तिदेखि नै खोप लगाउन सुरु भए पनि काठमाडौं र ललितपुरमा भने आजदेखि खोप दिन लागिएको हो ।

पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट बालबालिकालाई खोप दिइने छ ।
 
ललितपुरमा स्थानीय पालिकाहरुले वडा अनुसार एक दिनमा चारवटा वडाका विद्यालयका दरले खोप दिँदैछन् । यी जिल्लामा लक्षित सबै बालबालिकालाई खोप नलगाएसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।