काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना सङ्क्रमण फैलिँदै गएपछि भीडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने तयारी गरेका छन्।
सिसिएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरू अगाडि बढ्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना सङ्क्रमणको अवस्थाबारे एक/दुई दिनमा उपत्यकाभित्रका सिडिओहरू बैठक गर्ने बताए।