पुस २३, २०७८ शुक्रबार

 सरकारले काठमाडौंका अस्पतालहरुलाई तयारी रहन निर्देशन दिएको छ । ओमिक्रोन  भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो ।

नेपालमा पछिल्लो समय थप थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन भाइरस बढी खतरनाक रहेको बताइएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण  पुष्टि भइसकेको छ । १ हजार १४६ पोजिटिभ नमुनाहरूको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनामा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेका हो । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल ९सिभिल०, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा रहेको जानकारी दिएको छ ।