पुस १०, २०७८ शनिबार

निजामति कर्मचारी अस्पतालको मेडिकल डाइरेक्टरमा डा अनुज रायमाझी नियुक्त भएका छन्। 

वरिष्ठ चिकित्सक डा रायमाझीलाई मेडिकल डाइरेक्टरको रुपमा नियुक्त गरिएको अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले बताए। 

डा रायमाझी एक दशक लामो समयदेखि एनेस्थेसियोलोजिस्टको रुपमा कार्यरत छन्। उनलाई शुक्रबार मेडिकल डाइरेक्टरको  रुपमा नियुक्त गरिएको थियो।