स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् ।
मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् ।
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठनका संस्थापक उपाध्यक्ष बिडारी दामन पोष्ट साप्ताहिक तथा दामन पोष्ट डटकमका सम्पादक हुन् ।