पुस ७, २०७८ बुधबार

पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना निको भएका छन्। मन्त्रालयका अनुसार भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्‍मा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ भने ८ लाख ९ जहार ३५९ जना संक्रमणमुक्त भएका छन्।