पुस ६, २०७८ मंगलबार

कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि न्युजिल्यान्डमा एक व्यक्तिको मृत्यु भएको छ । खोपपछि उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । पहिलो डोज लगाएको दुई साता नबित्दै २६ वर्षीय रोयी जेम्स नरिनको  मृत्यु भएको हो ।

उनलाई खोपपछि हृदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएकाे जनाइएको छ। खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ । खोप लगाएपछि उनी त्रसित देखिएका थिए । यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो ।