पुस ५, २०७८ सोमबार

आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप मौसम खराबीका कारण विमान अवतरण गर्न नसकेपछि फिर्ता भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान विमान अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो।

एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो। 

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए। 

उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो। रासस