पुस ४, २०७८ आइतबार

नेपाल फार्मेसी परिषदले नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परिषदले शनिबार सम्पन्न लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको हो।

शनिबार राती नै प्रकाशित नतिजा अनुसार डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत र ब्याचलर इन फार्मेसीमा २० प्रतिशत उत्तीर्ण भएका छन्।

डिप्लोमा इन फार्मेसीमा ११३५ जनाले फारम भरेका थिए भने ब्याचलर इन फार्मेसीमा ५७६ जना सहभागी भएका थिए।