पुस १, २०७८ बिहिबार

काठमाडौँ । पुस महिनाको ४ गतेदेखि स्कुल तथा कलेजहरूमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले बताएका छन् । 

मनास्लु वल्ड कलेजको विद्यार्थी स्वागत तथा बिदाइ कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री खतिवडाले कार्यक्रमलाई सम्बोधन गर्दै पुस ४ गतेदेखि १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीहरूलाई  खोप लगाइने बताए । देशभर १६ हजार ठाउँबाट खोपकेन्द्र सञ्चालन गरी खोप लगाउने बताइएको छ ।