मंसिर २८, २०७८ मंगलबार

 देशभर गत २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। 

९ हजार ३ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा २ सय २९ र ४ हजार ३ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार यो अवधिमा कोरोनाकै कारण २ जनाको मृत्यु भएको छ । ३ सय ६२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८९ जना रहेको छ ।