काठमाडौं, मङ्सिर २६ । काठमाडौं महानगरपालिकाले २७ औँ महानगर दिवसमा वृद्धवृद्धालाई निमोनियाको निःशुल्क खोप शुरुवात, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०७२ को महाभूकम्प, नाकाबन्दी र कोरोना महामारीलाई मध्यनजर गर्दै महानगरले आफूसँग भएका श्रोत साधनलाई प्रयोग गरेर महानगरवासीको सेवामा तल्लीन रहेको बताए । २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मङ्सिर २९ गतेलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।