महेश सिंह/सिरहा लहान/२२ मङ्सिर - सिरहाका किसानहरू धान भित्र्याउनमा व्यस्त देखिएका छन्। सिरहामा ६०% प्रतिशत किसानले धान भित्र्याइ सकेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
किसान अगुवा सरोज कुमार यादवका अनुसार किसानहरू खेतीपातीमा व्यस्त देखिएका छन् । किसानहरूले उत्पादन गरेका उपजको सही मूल्य निर्धारण गर्न नपाउँदा आफू निकै दुःखी भएको ठहर गरेका हुन्।
अगुवा किसान यादवले जिल्ला समन्वय समिति सिरहाको उप प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्। किसानहरूको हक अधिकारका लागि आफू तत्पर रहेको उनले बताए ।
किसानहरूले उत्पादन गरेका उपजहरूको सही बजारीकरण हुन नपाउँदा उनले दु:ख व्यक्त गरेका छन्।