मंसिर २२, २०७८ बुधबार

कोभ्याक्स सुविधामा मार्फत थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आउँदै छ।

कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख  डोजमध्ये दुइपटक गरी ७ लाख २५ हजार र ९ लाख ७२ हजार गरी १६ लाख ९७ हजार डोज खोप नेपाल आइसकेको छ।

नेपालमा मंगलबारसम्म १ करोड ९२लाख ८५ हजार १९७ डोज खोप लगाइसकिएको छ। हालसम्म कुल जनसंख्या मध्ये ३४ दशमलब ६ प्रतिशतले पहिलो र २८ दशमलब ९ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।