मंसिर २२, २०७८ बुधबार

 प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीले पिसिएल नर्सिङ पढाउने १५ वटा कलेजको भर्ना प्रक्रिया स्थगन गरेको छ।

चिकित्सा शिक्षा आयोगको पत्रपछि सिटिइभिटीले १५ वटा कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको हो। सिटइभिटीले ८ गते ती कलेजमा भर्ना खुला गरेको थियो। तर आयोगले ऐन विपरित भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै उक्त कार्य रोक्न सिटिइभिटीलाई पत्र पठाएको थियो।

आयोगले चिकित्सा शिक्षा ऐन विपरित सिटिइभिटीले विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका आंगिक र सम्बन्धन प्राप्त १५ कलेजमा नर्सिङ भर्ना खुलाएको भन्दै उक्त कार्य रोक्ने निर्णय गरेको हो। 

आयोगको पत्रपछि सिटइभिटीको १८६ औं बैठकले १५ वटा कलेजको भर्ना प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हो। भर्ना प्रक्रिया स्थगन भएसँगै सिटिइभिटीले ती कलेजमा भर्ना प्रकियाका लागि शुल्क बुझाएका परीक्षार्थीको शुल्क फिर्ता हुने र ती विद्यार्थीलाई अन्य कलेजमा आवेदन दिन भनेको छ।

यी हुन् भर्नामा रोक लगाउने निर्णय भएका कलेज
नोबल मेडिकल कलेज, विराटनगर
नेसनल मेडिकल कलेज, वीरगञ्ज
बिएन्डबी मेडिकल इन्स्टिच्युट, ललितपुर
नागरिक कलेज अफ हेल्थ साइन्स, काठमाडौं
एनपिआइ नारायणी सामुदायिक अस्पताल, चितवन

कलेज अफ मेडिकल साइन्सेज, चितवन
अल्का अस्पताल, ललितपुर
नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, काठमाडौं
मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं

ओम हेल्थ क्याम्पस
मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा
लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पाल्पा
देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट, रुपन्देही
नेपालगञ्ज नर्सिङ क्याम्पस, बाँके

यी हुन् भर्ना अनुमति पाएका कलेजहरु 
–    शैलजा आचार्य मेमोलियल पोलिटेक्निक इन्ष्टिच्यूट, जहदा, मोरङ
–    आम्दा इन्स्टिच्यूट अफ हेल्थ साइन्स, झापा
–    लाइफ लाईन हस्पिटल, झापा 
–    न्युरो अस्पताल विराटनगर, मोरङ
–    विराट हेल्थ कलेज, मोरङ
–    सन्त अल्पमाई राम नारायण यादव पोलिटेक्निक इन्स्टिच्यूट, सर्लाही
–    गौर नर्सिङ कलेज, गौर, रौतहट
–    छिन्नमस्ता एजुकेशन एकेडेमी, सप्तरी
–    युनिक कलेज अफ मेडिकल साइन्स एण्ड हस्पिटल, सप्तरी
–    मेडिकल इन्स्टिच्यूट, सिराहा
–    नेशनल ह्युमन रिसोर्स डेभलपमेण्ट एकेडेमी, धनुषा
–    रामजानकी हेल्थ फाउण्डेशन, धनुषा
–    जनकपुर नर्सिङ क्याम्पस, धनुषा
–    स्टार एकेडेमी, ललितपुर
–    ग्रीनतारा कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी, ललितपुर
–    श्रद्धा इन्स्टच्यूट अफ हेल्थ साइन्स, भक्तपुर
–    इवामुरा कलेज अफ हेल्थ साइन्स, सल्लाघारी, भक्तपुर
–    हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी, काठमाडौं
–    सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस, काठमाडौं
–    शहिद स्मारक जनस्वास्थ्य कलेज, काठमाडौं
–    महेन्द्र नारायण निधी मेमोरियल हेल्थ इन्स्टिच्यूट, काठमाडौं
–    शंकरापुर एकेडेमी, जोरपाटी, काठमाडौं
–    भरतपुर हस्पिटल, चितवन
–    च्छोरोल्पा जनरल अस्पताल प्राली, चरिकोट, दोलखा
–    चरक इन्स्टिच्यूट अफ हेल्थ साइन्स, पोखरा, कास्की
–    कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्यूट, गैंडाकोट, नवलपरासी
–    तानसेन स्कूल अफ हेल्थ साइन्स तानसेन, पाल्पा
–    राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर, दाङ
–    वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपालगञ्ज, बाँके