स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
कूल १० हजार ७४७ जनाको नमूना परीक्षण गरेको जनाउँदै मन्त्रालयले सो अवधिमा ४३६ जना सङ्क्रमणमुक्त भएको र १ जनाको निधन भएको उल्लेख गरेको छ। हाल नेपालमा ६ हजार ५०७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्।