जनकपुरधाम, २९ कात्तिकः प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजाआराधना गर्नुभएको छ ।
आफ्नो जन्मस्थल मुजेलियास्थित छठघाट पुग्नुभएकी उपसभामुख ठाकुरले परिवारजनसँगै छठीमाताको पूजाआराधना गरी आशीर्वाद लिनुभएको हो । सोही घाटमा रास्वपाका सभापति रवि लामिछाने र उहाँको धर्मपत्नी निकिता पौडेल लामिछानेले पनि आजै छठी पूजा गर्नुभएको छ ।
छठ पर्वका अवसरमा विशिष्ट राजनीतिक व्यक्तित्वहरूको उपस्थितिले मुजेलियास्थित छठघाटमा चहलपहल देखिएको थियो ।