कात्तिक २०, २०८३ शुक्रबार

काठमाडौँ, २० कात्तिक: प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको दोस्रो अन्तररााष्ट्रिय अधिवेशनबाट प्रभुराम थापा (अमेरिका)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

    समितिको उपाध्यक्षमा टङ्क राई (युएई), सचिवमा रामशरण सिम्खडा, (बेलायत), उपसचिवमा कृष्ण लामिछाने (अमेरिका) र ज्योति शर्मा (इजरायल)लगायत हुनुहुन्छ । नवनिर्वाचित पदाधिकारीलाई आज नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले सो पार्टीको केन्द्रीय कार्यालयमा बधाई तथा शुभकामना दिनुभयो ।

    अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।