काठमाडौँ, २० कात्तिक: सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते हुनुभएको छ । आज सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा सांसद गैरे घाइते हुनुभएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गाडीको ठक्करबाट घाइते हुनुभएका गैरेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिने सोही गाडीले उहाँलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याएको ट्राफिक प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रियसभा सदस्य गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
---