कात्तिक १९, २०८३ बिहिबार

फाइल फाेटाे

काठमाडौँ, १९ कात्तिकः पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध गरेको छ । 

    पटकाजन्य पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले प्रहरीले सो आग्रह गरेको हो । 

    बालबालिकाको हातमा पटका तथा प्रज्वलनशील पदार्थ नदिन, उनीलाई यस्ता वस्तुबाट टाढा राख्नाका साथै अभिभावकले विशेष निगरानी र सचेतना अपनाउन प्रहरीको अनुरोध छ । 

    केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले चाडपर्वको समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न तथा कुनै पनि किसिमका अवाञ्छित घटना हुन नदिन प्रहरी परिचालन भइरहेको जानकारी दिनुभयो ।