मंसिर १७, २०७८ शुक्रबार

 विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६३ हजार ८६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा एक लाख १६ हजार ३९७, जर्मनीमा ७३ हजार ४८६, बेलायतमा ५३ हजार ९४५, फ्रान्समा ४८ हजार ४१६, रुसमा ३३ हजार ३८९ जना छन्।

यही अवधिमा ४ लाख ८ हजार ९२० जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९४४ जना संक्रमितको मृत्यु भएको छ।

मत्यु हुनेमा रुसका एक हजार २२१, अमेरिकामा एक हजार १३६, युक्रेनमा ५२५, पोल्याण्डमा ५०२, जर्मनीमा ३५७ जना र बेलायतमा १४१ जना छन् ।

निको हुनेमा जर्मनीमा ४२ हजार १००, अमेरिकमा ४१ ह्जार ८७५, रुसमा ३५ हजार १८५, बेलायतमा ३० हजार १४५, टर्कीमा २२ हजार २८४ रहेका छन् ।